Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-03

Madhes, Rautahat, Chandrapur, Ward 9

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–९ का ३० वर्षीय केदार परियारलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको पीडित बालिकाको आमाले बताइन् । पीडित बालिकाको आमाले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २२ गते उजुरी दर्ता गराएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २२ गते नै चन्द्रनिगाहपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


कोपिला तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rautahat

0 Comments