Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-26

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भतिजो नाता पर्ने ४० वर्षीय व्यक्तिलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १३ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २२ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

घरकै भतिजोले बलात्कार गरेपछि समाजको डरले प्रहरीमा नआएको बताउँदै उनले पतिले घर निकाला गर्ने धम्की दिएको गुनासो गरिन् ।

उजुरी दिन जिल्ला प्रहरी कार्यालय, सल्यान आएकी पीडितलाई उजुरी दिएर घर फर्कन ढिला भएपछि इन्सेकको रोहवरमा जिल्लास्थित एक सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडितको उजुरीपछि गिरफ्तार गरिएका आरोपितलाई हिरासतमा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पताल सल्यानमा गरिने प्रहरीले जनाएको छ ।


मीना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments