Incident Reports

बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने पक्राउ

2019-05-06

Gandaki, Myagdi, Raghuganga, Ward 4

म्याग्दी – पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आरोपित पुनले सोमबार अन्दाजी साढे ३ बजेको समयमा घरमा एक्लै भएको मौका छोपी बालिकालाई ललाइफकाइ ३० रुपैयाँ दिएर प्रलोभनमा पारी शौचालयमा लगेर बालिकाले लगाएको कपडा र आफ्नोसमेत पाइन्ट खोलेका थिए । त्यसै क्रममा बालिका रोएको आवाज सुनेर उनका दाजु शौचालय जाँदा पुनले दाजुलाई पनि लात्ताले हानेको र अभिभावकले थाहा पाएपछि आरोपित पुन फरार भएका थिए । 

फरार रहेका आरोपित पुनलाई प्रहरीले पक्राउ गरी पीडित बालिकाको आमाले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी उद्योग मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पहिलोपटक ३ दिनको म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments