Incident Reports

नेकपाका कार्यकर्ताद्वारा ज्येष्ठ नागरिकमाथि कुटपिट

2019-05-05

Bagmati, Dhading, Siddhalek, Ward 5

सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रड र खुँडा प्रहार गरी घाइते पारेका छन् ।

आफ्नो पार्टी कार्यकर्तालाई कुटपिट गरेको भन्दै समूहमा आएका नेकपाका कार्यकर्ताले श्रेष्ठलाई टाउकोमा रड प्रहार गरी घाइते बनाएका हुन् ।

श्रेष्ठलाई कुटपिट गरी घाइते पारेपछि नेकपाका कार्यकर्ता भागेको र घाइते श्रेष्ठलाई गाउँबासीको सहयोगमा उद्धार गरी २२ गते नै काठमाडौँस्थित ट्रमा सेन्टरमा लागी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले जानाकारी दिए ।

कुटपिटपछि फरार रहेका नेकपा कार्यकर्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा अहिलेसम्म उजुरी नपरेको प्रहरीले जनाएको छ ।


सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments