Incident Reports

भारतबाट ४० जना नेपाली महिलाको उद्धार

2018-11-06

Lumbini, Banke, Nepalgunj

भारतबाट ४० जना नेपाली । महिलाको उद्धार गरिएको छ । वैदेशिक रोजगारका लागि खाड़ी मुलुक जान हिँडेका ३७ र तीन जनालाई कोठीबाट उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ । । गाजियाबादस्थित इन्द्रपुरममा तीन वटा भवनमा राखिएका ३७ जनालाई माइती इण्डियाले प्रहरीको सहयोग लिएर उद्धार गरेको हो । माइती इण्डियाका बालकृष्ण पाण्डेका अनुसार, १३, ७ र १७ जनालाई फरक फरक भवनमा राखिएको थियो। । राम्रो काम र दाम पाइने प्रलोभनमा परेर नेपालीहरु भारतमा पुगेका थिए। ५०,६० हजार मासिक हुन्छ भनेर दलालले महिलालाई प्रलोभनमा पारेका थिए । उद्धार गरिएकाहरु ती भवनमा दुई दिनदेखि दुई महिनासम्म बसिरहेका थिए। 

केदारनाथ पाठकसहित पाँच जना मुख्य दलालले नेपाली महिलालाई खाडीमा पठाउदै आएका थिए । पाँच जनामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको । छ। दुई जनामा एकजना दुबई र एकजना काठमाडौंमा रहेको । खुलेको छ । माइती इण्डियाले यसअघि महिपार्कपुरबाट ५७ र पहाडगञ्जबाट २४ जनाको उद्धार गरेको थियो । त्यहाँ उद्धार । गरिएकालाई पनि पाठकको समूहले खाडी पठाउने तयारी गरेको थियो । केही समयअघि श्रीलंकामा अलपत्र परेका १ सय ३० जना पनि यही समूहले पठाएको । पाण्डेको भनाई छ । उद्धार गरिएका सबैलाई भारतीय प्रहरीको सुरक्षाका बीचमा नेपालगञ्ज ल्याइएको छ । माइती नेपाल, नेपालगञ्जको कार्यालयमा उनीहरु लाई राखिएको छ । उद्धार गरिएका अधिकांश घरपरिवारको सल्लाहमै वैदेशिक रोजगारका लागि हिँडेका बताइएको छ । बिर्तामोड, बर्दिया, वीरगञ्ज, सुनौलीलगायतका नाकाबाट उनीहरुलाई भारत पुर्याइएको थियो।उद्धार गरिएकाहरु २१ देखि ४२ वर्ष उमेरका छन् । झापाका १० सिन्धुपाल्चोकका तीन, काभ्रे, • कास्की , सुनसरी, सप्तरी,

कपिलबस्तु, दैलेखका दुई/दुई र बाँके, दाङ, मोरङ, इलाम, तेहथुम, उदयपुरलगायतका जिल्लाका एकरएक जना छन्।

। माइती इण्डियाले उद्धार गरेको भनिरहदा केही महिलाले भने । आक्रोश पोखेका छन् । 'परिवारको । सहमतिमा वैदेशिक रोजगारमा । हिँडेको हामीलाई आफूले पैसा

कमाउने नाममा हामीलाई । फर्काइएको छ, केही महिलाले भन्दै

थिए, अब हामीलाई श्रीमान र । घरपरिवारले स्वीकार गरेनन् भने के

हुन्छ ?'माइती नेपाल, नेपालगञ्जका प्रमुख के शव कोइरालाले । काउन्सिलिङ गरेर सबैलाई

घरपरिवारको जिम्मा लगाइने बताए । यसैबीच, जिविरोडको १५६ । नम्बरको कोठीबाट तीन जनाको । उद्धार गरिएको छ। उनीहरुलाई पनि नेपालगञ्ज ल्याइएको छ।

0 Comments