Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-05-10

Karnali, Rukum West, Chaurjahari, Ward 5

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

सो पार्टीको युवा सङ्गठन जिल्ला समिति रुकुम पश्चिमका अध्यक्ष २८ वर्षीय डिल्लीराज शर्मालाई वैशाख २६ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

चौरजहारी नपा–५ नयाँबजारमा स्थानीयलाई धम्क्याउँदै गरेको अवस्थामा सोही स्थानबाट शर्मालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

शर्मालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि दुई राउण्ड हवाइ फायर समेत गर्नुपरेको डिएसपी खड्काले जानकारी दिए ।

शर्मालाई हाल प्रहरी हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ  ।


मनिषा केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments