Incident Reports

एमाओवादी उम्मेदवारको गाडीमा आगजनी l

2013-11-01

Deepen Neupane मोरङ । ०७० कात्तिक १५ गते, संविधानसभा निर्वाचनमा आठ नम्बर क्षेत्रमा प्रत्यक्षबाट एमाओवादीका तर्फका उम्मेदवार गोपी अछामीको चुनावी प्रचारमा प्रयोग हुने को१च ६२७२ नम्बरको बलेरो जीप कात्तिक १४ गते राति इन्द्रपुर गाविस-८ स्थित केवलराम दङ्गालको घरमा पार्किङ गरेको समयमा अज्ञात व्यक्तिले आगजनी गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर नवराज कार्कीका अनुसार, जीपमा आगजनी गरिएको भए पनि घरका मानिसले थाहा पाएर समयमै पानी हालेर निभाएकोले अप्रिय घटना हुन नपाएको हो । आगजनीबाट जीपको बाहिरी भागको एकपत्र जलेर नस्ट भएपनि भित्र भने जल्न पाएन । गाडी सोही गाविसका रमेश थापाको भएको र एमाओवादीले भाडामा प्रयोग गर्दै आएको सो पार्टीका जिल्ला संयोजक तथा निर्वाचन परिचालन कमिटीका संयोजक अमनलाल मोदीले बताए । दीपेन नेउपाने

0 Comments

Related Reports