Incident Reports

रक्सी खाएर प्रधान अध्यापकमाथि आक्रमण प्रयास गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

2019-05-10

Province 1, Khotang, Halesi Tuwachung, Ward 5

खोटाङ – रक्सी खाएर प्रधान अध्यापकमाथि आक्रमणकाे प्रयास गर्ने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेकाे रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका छन् ।

सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा कुर्सी उज्याएर  प्रधान अध्यापक टेकबहादुर राईमाथि आक्रमणको प्रयास गरेपछि शिक्षक राईलाई प्रहरीले पक्राउ गरेको हो । 

बैठकमा  प्रधान अध्यापकमाथि आक्रमण प्रयास गरेको जानकारी आएपछि नगरका मेयर इवन राईले कर्मचारी र प्रहरी पठाएर शिक्षक राईलाई नियन्त्रणमा लिइएको बताइएकाे छ । पक्राउ परेका शिक्षकको स्वास्थ्य परीक्षण गरेर प्रहरीको नियन्त्रणमा राखिएको छ ।

नियम अनुसार सट्टा शिक्षक राख्न नसकिने निर्णय गर्न लाग्दा  प्रधान अध्यापकमाथि आक्रमणको प्रयास भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन राईले बताउनुभयो ।  प्रधान अध्यापकलाई जोगाउन खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा चोट लागेको छ । आक्रमणमा उत्रने शिक्षकलाई कडा कारबाही हुने मेयर राईले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports