Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-10

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 12

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा–१२ डिभर्नाका ३९ वर्षीय प्रेमबहादुर खड्कालाई वैशाख २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

कपिलवस्तु बुद्धभूमि नपाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २७ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments