Incident Reports

एभिन्यूज टेलिभिजनको वीरगंज ब्यूरो कार्यालयमा तोडफोड

2019-05-13

Madhes, Parsa, Birgunj

एभिन्यूज टेलीभिजनको वीरगंज ब्यूरो कार्यालयमा साेमबार दिउँसो तोडफोड भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर-११ को होटेल सम्झना नजिक रहेको कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले तोडफोड गरेको एभिन्यूज केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनमा पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिनेक्रममा भएको चर्काचर्की र वादविवादकाे विरोधमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठले बताउनुभयो  ।

तोडफोडमा संलग्न हुनेहरुको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari , Local Newspaper - Siraha , Local Newspaper - Rautahat

0 Comments