2019-05-11
विद्यालयमा शौचालयको समुचित व्यवस्था पुस्तकको वितरण र भौतिक संरचना निर्माण तथा मर्मत सम्भार गर्न गाउँपालिका प्रमुखसँग माग गर्न गएका छात्राहरूलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका छन ।
छात्राहरूले विद्यालयमा शौचालयको समुचित व्यवस्था नभएको, पुस्तक वितरण नगरिएको, विद्यालयको भौतिक संरचनाको मर्मतसम्भार नगरिएको, फर्निचर यथोचित नभएकोलगायतका गुनासाहरू वैशाख २६ गते धोबिनी गाउँपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीसमक्ष राखेका थिए ।
छात्राहरूले वैशाख २७ गते गाउँपालिका प्रमुखसमक्ष समस्या राखेको विषयलाई लिएर विद्यालयका प्रधानाध्यापक अमरुल्लाह आलमले निष्काशनको धम्की दिएको छात्राहरूले गुनासो गरेका छन् ।
कक्षाा ९ की छात्रा चाँदनी कुमारीले विद्यालय प्रशासनले समस्या समाधान नगरेको हुँदा गाउँपालिकाको ध्यानाकर्षण गराइएको र सो गराउँदा प्रअले निष्काशनको धम्की दिएको गुनासो गरिन् ।
उनले कक्षा कोठामा झ्याल, ढोका नहुँदा हुरीबतासको बेला अध्ययनमा निकै समस्या हुने गरेको बताइन् ।
यसैगरी फर्निचरको अभावमा छात्राहरू कक्षाकोठामा उभिएर पढ्नुपर्ने अवस्था रहेको, छात्राहरू गुनासो छ ।
छात्राहरूका लागि अलग शौचालयको व्यवस्था छैन । विद्यालयमा एउटा मात्र शौचालय रहेको र त्यसमा ठूलो सङ्ख्यामा रहेका छात्राहरू लामबद्ध भएर लामो समयसम्म बस्नुपर्ने अवस्था भएकोले सोको निराकरणको लागि गाउँपालिकाको ध्यानाकर्षण गराइएको चाँदनीले बताइन् । छात्राहरूलाई प्रअले निष्कासनको धम्की दिएपछि विद्यालयका छात्राहरू चिन्तित छन् ।
छात्राहरूको गुनासो सम्बन्धमा प्रअ आलमसँग बुझ्दा उनले विद्यालय समयमा छात्राहरू कहीँकतै जाँदा जानकारी गराएर जानुपर्नेमा सो नगरेकाले सामान्य झपारेको मात्र बताए ।
उनले एक साताभित्र पुस्तकको समस्या समाधान हुने बताउँदै छात्राहरूको लागि एउटा मात्र शौचालय हुँदा समस्या भएको स्वीकार गरे ।
उनले आर्थिक अभावको कारण विद्यालयको भौतिक संरचनामा सुधार गर्न नसकिएको र स्थानीय तहले विद्यालयको स्तरोन्नतिका लागि कुनै पहल नगरेको गुनासो गरे ।
सो विद्यालय भिखमपुरमा १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । तर धेरैजसो विषयगत शिक्षकको अभाव छ ।
स्थानीय तह गठन भएको डेढ वर्ष बितिसक्दा पनि मातहतका विद्यालयहरूको भौतिक संरचना सुधारमा ध्यान दिइएको छैन ।
केसी लामिछाने
Violent / Non-violent | Nonviolent |
Primary Form | Threat/intimidation |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 10 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | youth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD