Incident Reports

अज्ञात समूहले अछाममा जलायो नगरपालिकाको गाडी

2019-05-15

Sudurpashchim, Achham, Mangalsen

जिल्लाकाे मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाएलगत्तै नियन्त्रणका लागि प्रहरी टोली घटनास्थल पुगे पनि आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ ।

आगो कसले र किन लगायो भन्ने खुलेको छैन । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए ।

सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई भने केही पनि गरिएको छैन ।

पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि रु एक करोड २० लाखमा खरीद गरेको थियो ।

गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।

जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले आगजनीमा संलग्नको खोजी भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments