Incident Reports

एमाले कार्यकर्तालाई लक्षित गरी सुतली बम विष्फोटl

2013-11-18

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७० मङ्सिर ३ गते चिउरीडाँडा गाविस-१ रङ्कुमा घरदैलो अभियान गरिरहेका नेकपा एमाले कार्यकर्तालाई लक्षित गरी मङ्सिर २ गते साँझ अज्ञात समूहले सुतली बम विष्फोट गराइ अभियानलाई अवरोध गरेको छ । करीव १५ जनाको समूहमा गाउँमा घरदैलो अभियान गरिरहेको समय अभियान टोलिलाई लक्षित गरी बम विष्फोट गराईएपछि आफूहरू घटनास्थलबाट भागेको अभियान टोलीमा संलग्न युवासंघ नेपालका केन्द्रीय सदस्य दिलचक्र राईले टेलिफोनमार्फत जानकारी दिए । आतंकित बनाउन बम विष्फोट गराएको भए पनि कुनै क्षति नभएको र बम विष्फोट भएलगत्तै प्रहरीलाई जानकारी गराएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले बम विष्फोट भएको जानकारी आउनसाथ त्यसक्षेत्रमा प्रहरी टोली परिचालन गरिएको र जिल्लामा जनशक्ति अभाव रहेकाले घटनास्थलसम्म पुग्न ढिला भएको बताए । घटनास्थल सदरमुकाम दिक्तेलदेखि चार घण्टाको पैदल दूरीमा पर्छ । उक्त बम कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । डिएम चाम्लिङ राई

0 Comments

Related Reports