Incident Reports

होटेल सञ्चालकद्वारा बालमजदुरमाथि कुटपिट

2019-05-15

Sudurpashchim, Kailali, Dhangadhi, Ward 13

स्वास्तिक होटल धनगढीमा काम गर्दै आएका भागेश्वर गाउँपालिका–५ का १५ वर्षीय लक्ष्मण ठकुराठीलाई धनगढी उपमहानगरपालिका–१३ चटकपुरस्थित स्वास्तिक होटलका सञ्चालक टेकबहादुर महतोले जेठ १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

होटेल सञ्चालक महतोको होटलमा बालमजदुरका रूपमा काम गर्दै आएका ठकुराठीले काम गरेको ज्याला माग्दा आरोपितले कुटपिट गरेको पीडित बालकले बताए ।

कुटपिटबाट घाइते भएका ठकुराठीको उपचार धनगढीस्थित सिपी अस्पतालमा भइरहेको छ । पीडित पक्षबाट लिखित उजुरी नआएका कारण कानुनी उपचार सुरू गर्न बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।


मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments