Incident Reports

नेकपा-माओवादीद्वारा एमालेको चुनावी कार्यक्रममा अवरोध l

2013-11-01

Lumbini, Rolpa, Madi

२ का गाविसहरूमा चुनावी सभा गर्दै आएको नेकपा एमालेको कात्तिक १४ गते आयोजना गरेको कार्यक्रम माओवादीले रोक लगाएको लगाएको हो । भावाङ गाविस निर्वाचन प्रचार गर्न प्रतिबन्ध लगाउदै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासको नेतृत्वमा रहेको नेकपा-माओवादीका नेता कार्यकर्ताहरूले कार्यक्रम गर्न नदिएका हुन् । कार्यक्रम गर्न नपाइने भनेपछि चुनावी सभा स्थगित गरी कार्यकर्ता भेला मात्र गरिएको एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताए । एमालेका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार गोकुल घर्तीमगरको नेतृत्वमा रहेको एमालेको चुनावी अभियान रहेको थियो । उता निर्वाचन बहिस्कारको अभियानमा लागेको नेकपा माओवादीका इन्चार्ज केशबहादुर बाठाले निषेधित क्षेत्रमा चुनावी कार्यक्रम गर्न आएकोले कार्यक्रम रोकिएको बताए । कात्तिक १० गतेदेखि जिल्लामा निषेधित क्षेत्र घोषणा भएकोले प्रचार गर्न नदिने उनले बताए । धरेन्द्र डाँगी

0 Comments

Related Reports