Incident Reports

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

2019-05-14

Bagmati, Sindhuli, Dudhouli, Ward 3

दुधौली नगरपालिका–३ निपाने कालापानीकी ४४ वर्षीया डस्नी कुमँरलाई ५० वर्षीय पति सञ्चा कुमँरले सोही ठाउँ बस्ने २७ वर्षीया छिमेकी बेलमती कुमँरको सहयोगमा वैशाख ३० र ३१ गते कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडित महिलालाई आरोपितले वैशाख ३० गते शरीरका विभिन्न अङ्गमा कुटपिट गर्नुका साथै योनीमा दालभात र अचार कोचिदिएको पीडितले बताइन् ।

वैशाख ३१ गते बेलमतीको सहयोगमा कुटपिट गरी ढुङ्गा प्रहार गरी घाइते बनाएको भन्दै पीडितका ४९ वर्षीय दाजु लुदा कुमँर र २३ वर्षीय छोरा हिरन कुमँरले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ३१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए ।

पीडितलाई आरोपित पतिले विगत तीन वर्षदेखि ‘तँ बुढी भइस् अर्की पत्नी ल्याउँछु’ भन्दै कुटपिट गर्दै आएको उजुरीमा उल्लेख गरिएको छ ।

कुटपिटबाट घाइते भएकी डस्नीलाई वडा सदस्य धनकुमारी घिमिरे र मेलमिलापकर्ताहरूको सहयोगमा पीडितका छोरा र दाजुले वैशाख ३१ गते जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएको पीडितका दाजुले बताए ।

पीडित महिलाको उपचार एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा भइरहेको र घाउजाँच केश गरेर कारवाही अगाडि बढाइने एसपी सिंहले बताए ।



बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments