Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, स्याङ्जा

2013-11-19

स्याङ्जा - कुवाकोट गाविसको जनज्योति उमावि केन्द्र बाहिर काग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा एमालेका कार्यकर्ता हरिश्चन्द्र पंगेनी उच्च रक्तचापका कारण लडेपछि सुरक्षाकर्मी हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लगेको प्रहरी जनाएको छ । यसैबीच, पेलाकोट गाविसमा नेकपाएमालेका कार्यकर्ताले एकलौटी रुपमा मतदान गरेको काङ्ग्रेसले जनाएको छ । एमाले उम्मेदवार मुक्ति पाठकको मतदान केन्द्र भएकोले एमालेले अन्यलाई प्रवेश नदिएको काङ्ग्रेसले आरोप लगाएको छ । मल्याङकोट गाविसमा काङ्ग्रेसका कार्यकर्ताले एकलौटी गरेर मतदान गरेको एमालेले आरोप लगाएको छ । दुवै स्थानमा मतदान सुचारु भएको प्रहरीले जनाएको छ

0 Comments

Related Reports