Incident Reports

गोन्द्राङ ढाँटमा आगजनीको प्रयास, रोक्ने क्रममा प्रहरी घाइते

2019-05-17

Bagmati, Chitawan, Bharatpur

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ हेटौँडा सडक खण्डको भरतपुर महानगर वडा ९ र १२ को सीमाना गोन्द्राङमा राखिएको ढाँटमा जेठ ३ गते आगजनीको प्रयास भएको छ । जेठ ३ गते बिहान ११ बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

भरतपुरबाट टाँडी आउजाउ गर्ने क्रममा ढाँटमा मोटरसाइकललाई समेत रोकेर पैसा लिन थालेपछि आक्रोशित भई स्थानीइले आगजनीको प्रयास गरेका हुन् ।

पेट्रोल छर्केर आगजनी गर्न खोज्दा रोक्ने क्रममा भरतपुर मनपा–३ घर भएकी ४० वर्षीया असई कल्पना खड्का घाइते भएकी छन् ।

आगोले पोल्दा खड्काको कपाल डढेको, हातगोडामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दिपेन्द्र शाहले बताए । घाइते प्रहरीको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सीसि क्यामरा फुटेज मगाएर अध्ययन गर्ने काम भइरहेकाले अहिले को दोषी भनी किटान गर्न नसकिने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र वस्नेतले बताए ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Chitwan

0 Comments