Incident Reports

बालअधिकार हनन र निर्वाचन आचासंहिता पालनाको अनुगमन गरिने l

2013-10-31

Dharendra Dangi रोल्पा । ०७० कात्तिक १५ गते, संविधानसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग र आचारसंहिता पालना भए नभएको अनुगमन गर्न एक समिति गठन गरिएको छ । जिल्ला बालकल्याण अधिकारी अनिता अधिकारीको अध्यक्षतामा कात्तिक १४ गते लिबाङमा सम्पन्न बैठकले निर्वाचन पर्यवेक्षक निकाय, पत्रकार र सरोकारवाला निकायहरू सदस्य रहने गरी सञ्जाल गठन गरेको हो । सञ्जालले निर्वाचनमा बालअधिकार हनन र निर्वाचन आचासंहिता पालना भए नभएको अनुगमन गर्नेछ । सञ्जालमा जिल्ला बालकल्याण अधिकारी अनिता अधिकारी, डिकोसका कार्यकारी निर्देशक हिमाल गैरे, स्थानीय शान्ति समितिका कार्यालय सचिव गिरीराज महरा, सिविन रोल्पाका जिल्ला कार्यक्रम संयोजक कृष्ण घर्तीमगर, ड्वाक नेपाल रोल्पाका अध्यक्ष चन्द्रा सुनार, फेकोफन रोल्पाका अध्यक्ष निमकुमारी सिंह, पत्रकारहरू मानसिंह विक, कविता उपाध्याय, दुर्गालाल थापा र खेमराज गाउँले लगायत सदस्य रहेका छन् । सञ्जालले निर्वाचन पूर्व, निर्वाचन भइरहेको समयमा र निर्वाचन पश्चात पनि बालअधिकारको अनुगमन तथा व्यवस्थापन गर्ने बताइएको छ । यस्तै सञ्जालले निर्वाचनमा भएको बालअधिकार उल्लङ्घनका घटनाहरू अभिलेखिकरण समेत गर्नेछ । घटनाहरूको अभिलेखिकरणका लागि बालअधिकार अधिकृत गोकर्ण प्रसाद पुनलाई सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै समितिले निर्वाचनमा बालअधिकार हनन र निर्वाचन आचासंहिता पालनाको लागि सचेना अभिवृद्धि गर्न पर्चा, पम्पलेट प्रकाशन तथा रेडियोबाट सूचनाहरू प्रसारण गर्ने समेत निर्णय गरेको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis