Incident Reports

विप्लवका रोल्पा इन्चार्ज हतियारसहित पक्राउ

2019-05-17

३ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्जसहित ३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका (प्रताप), सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्का -गोरे) रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुलिचौरबा प्रहरी सहायक निरीक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एउटा कुटुवा पेस्तोल, ३०३ राईफलको १४ राउण्ड गोली, अन्य ११ राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको छ ।

पक्राउ परेको तीनै जनाविरुद्ध संगठित अपराध निबारण ऐन-२०७४ अन्तरगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dang , Local Newspaper - Surkhet

0 Comments