Incident Reports

‘ख्याल ख्याल’मा चक्कु प्रहार, एकजना ठहरै

2019-05-19

Province 1, Dhankuta, Mahalaxmi, Ward 2

५ जेठ, धनकुटा । आइतबार बिहान धनकुटामा जाँडका कारण सुरु भएको सामान्य विवादमै एक युवकको ज्यान गएको छ । ख्याल ख्यालमा भएको झगडापछि भएको चक्कु प्रहारबाट युवकको ज्यान गएको हो ।

धनकुटाको महालक्ष्मी–२ मारेकस्थित माझगाउँ भन्ने ठाउँमा २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुले मादक पदार्थ सेवन गरी सामान्य विवादमा चक्कु प्रहार गरेर आइतबार बिहान एक जनाको ज्यान लिएका हुन् ।

घनेन्द्रले मातेको सुरमा प्रहार गरेको चक्कुबाट स्थानीय २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी चौकी मारेक कटहरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घनेन्द्रलाई चक्कुसहित पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Sunsari

0 Comments

Related Reports