Incident Reports

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

2019-05-18

Karnali, Salyan, Sharada, Ward 14

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति किसन घर्ती मगरलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ ४ गते राति मात्रै तीन पटक कुटपिट गरेको र बल्लतल्ल भाग्न सफल भएको बताउँदै उनले न्याय खोज्दै खलङ्गा आएको बताइन् ।

पतिले ‘सम्बन्ध विच्छेद गर्न जा’ भनेको नमानेकाले कुटपिट गरेको पीडितले बताएकी छन् । पीडित बुढाथोकीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा गई न्यायका लागि प्रकृया अगाडि बढाएकी छन् ।

कुटपिट पछि पतिले डेढ वर्षीय छोरालाई समेत खोसेर राखेकोमा इन्सेकको पहल र प्रहरीको सहयोगमा छोरालाई समेत अहिले आमासँगै राखिएको छ । पीडित आमाछोरालाई जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ ।


मीना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments