Incident Reports

भारत लैजादै गरिएका २ महिलाको उद्दार

2018-12-16

Madhes, Parsa, Birgunj

असोज ६ गते विहान वीरगञ्ज हुँदै भारत जान लागेका दुई किशोरी माइती नेपाल र प्रहरीको निगरानीमा परे । घर कहाँ भनेर सोध्दा वीरगञ्ज भने तर, आत बताउन सकेनन्। बेचिन लागेको आशंकामा इनवां प्रहरी चौकीमा लगेर थप सोधपुछ गर्दा दुईमध्ये एक जना काठमाडौं, कमलपोखरीस्थित मन्जिल डान्सबार काम गरेको थाहा भयो । वय तामा सञ्चालक रहेका मन्जिल डान्सबारमा मासिक १२ हजार रुपैयाँमा काम गर्दा पेट दुख्न थालेपछि उनलाई अस्पताल लगेर जचाइएछ ।

पनि पेट दुःखी रहन्थ्यो । त्यसपछि सूर्य लामाले भारतको राम्रो अस्पतालमा जेंचाइदिन्छ भने । उनले साथमा अर्को एकजना केटी चाहिन्छ पनि भने । अनि उनी दुई महिनादेखि सगे बस्दै आएकी किशोरीलाई लिएर सुटुक्क कारभारीबाट वीरगञ्ज हिडिन् । २५-२६ वर्षको युवक साथमा हिंडेका सूर्य पनि त्यही बेलुका वीरगन्ज आएर होटलमा बसेका थिए । अर्को दिन केटीहरुलाई रिक्सा चढाएर रक्सौलको पुलमा पर्खन्छौं भन्दै अघि लागे । तर, माइती नेपालबाट निगरानीमा खटिएको टोलीले, बाटैमा रोकेपछि उनीहरु बेचिनबाट जोगिए ।

0 Comments