Incident Reports

नेकपा-माओवादीका १६ जना कार्यकर्ता गिरफ्तार l

2013-10-31

Lumbini, Arghakhanchi, Chhatradev

Narayan Bhusal अर्घाखाँची । ०७० कात्तिक १४ गते, चुनावी बहिष्कारको अभियान लिएर गाउँ गाउँमा गएको १६ जना नेकपा-मओवादीका कार्याकर्तालाई कात्तिक १४ गते विभिन्न विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले उनीहरूलाई ठुलापोखरा गाविस-९ जरेखोलाबाट गिरफ्तार गरेको छ । ठुलापोखरामा चुनावी बहिष्कार अभियान लिएर गाउँमा गएका नेकपा-माओवदीका कार्यकर्ता सन्धिखर्क गाविस-६ का मगरात राज्य समितिका सदस्य कृष्णहरी भुसाल, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य नरेन्द्र कुमार बन्जाडे, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष बालकृष्ण बलामि, गोपाल बलामि रमेश केसी, कमल भुसाल, सरोज पन्थि, विष्णु प्रसाद न्यौपाने, ठाकुर कुमार बिक, युवराज खनाल, अम्बिका भुसाल, शंकर शाही, रामप्रसाद, भुसाल, सन्तोष बन्जाडे, पदम खडका, कृष्ण जंग रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले नेकपा माओवादीका कार्यकर्तालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए । शान्तिपुर्ण रुपमा चुनाव बहिष्कार अभियान लिएर गाउँमा गएको समयमा गाउँमै पुगी लोकतान्त्रिक विधि र मान्यता विपरीत प्रहरीले गिरफ्तार गरेको नेकपा-माओवादीका जिल्ला इन्चार्ज भोला बस्याले बताए । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis