Incident Reports

किशोरीको सामूहिक बलात्कार

2019-05-20

Madhes, Bara, Parwanipur, Ward 1

बाराको परवानीपुर गाउँपालिका-१ बुनियाद टोलमा मानसिक सन्तुलन गुमाएकी १६ वर्षीया किशोरीलाई दुई युवकले सामूहिक बलात्कार गरेका छन्। 

सोमबार बेलुकी ८ बजे बुनियादमा पुगेकी युवतीलाई ३० वर्षीय रामअयोध्या मण्डल र उनका साथीले सामूहिक बलात्कार गरेका हुन्।

बलात्कारमा संलग्नमध्येका मण्डल पक्राउ परिसकेका छन् भने उनका साथी फरार छन्। फरारको पहिचान खुलिसके पनि पक्राउ नपरेकाले उनको नाम सार्वजनिक नगरिएको बाराका प्रहरी नायब उपरीक्षक रन्जितसिंह राठौरले बताए।

सोमबार बेलुकी बुनियाद गाउँमा रहेको नर्सरी नजिकैको सडकमा हिँडिरहेका बेला युवतीलाई प्रसौनी गाउँबाट साइकलमा घर फर्किरहेका मण्डल र उनका साथीले भेटेपछि साइकलमा चढाएर बाँसघारीमा लगेर बलात्कार गरेका थिए।

मण्डललाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएको तर, उनका साथी भने भाग्न सफल भएको राठौरले बताए।

पीडित युवती र पक्राउ परेका मण्डल दुवैको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराइएको थियो। स्वास्थ्य परीक्षणपछि पीडित युुवतीलाई वीरगन्जस्थित मानव सेवा आ श्रममा राखिएको छ।

प्रहरीका अनुसार पीडित युवती राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएका कारण नाम र ठेगाना खुल्न सकेको छैन। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments