Incident Reports

एमाओवादीका कार्यकर्ताद्वारा नेकपा-माओवादीका कार्यकर्तालाई कुटपिट l

2013-11-19

Karnali, Dolpa, Jagadulla

डोल्पा । ०७० मङ्सिर ५ गते काईगाउँ गाविसको थापागाउँमा मङ्सिर ४ गते राति १२ बजेको समयमा एमाओवादीका कार्यकर्ताले नेकपा-माओवादीका एक कार्यकर्तालाई कुटपिट गरी घाइते बनाएका छन् । नेकपा-माओवादीका राज्य कमिटी सदस्य सुरेन्द्रबहादुर बोहोरालाई एमाओवादीका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका हुन् । काईगाउँ गाविस-८ निवासी बोहोरा सोही गाउँका हिराबहादुर थापाको घरमा सुतिरहेको अवस्थामा एमाओवादीका १०/१५ जनाको समूहमा आएका कार्यकर्ता एक्कासी घरमा प्रवेश गरी निर्वाचनमा हामीलाई सहयोग नगर्ने भन्दै एक्कासी कुटपिट गरेपछि नेकपा-माओवादीका सुरेन्द्र बोहराको टाउको र बायाँ खुट्टामा चोट लागेको छ । घाइते बोहोराको स्थानीय औषधी पसलमा उपचार भइरहेको नेकपा-माओवादीका जिल्ला इन्चार्ज रामलाल बिक (शिखर) ले जानकारी दिएका छन् । यसैगरी, एमाओवादीका कार्यकर्ताले हिराबहादुर थापाको घर तोडफोड गर्नुका साथै सोलार प्यानल समेत फुटाली दिएका छन् । यस सम्बन्धमा एमाओवादीका जिल्ला इन्चार्ज नैनप्रसाद पहाडीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । बिष्णुप्रसाद देबकोटा

0 Comments

Related Reports