Incident Reports

सामुहिक बलात्कारमा संलग्न तीन जना पक्राउ

2019-05-21

Gandaki, Myagdi, Beni, Ward 4

बेनी : बेनी नगरपालिका–४ डाँडाखेतमा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। बेनी नगरपालिका– ५ का २६ वर्षीय कृष्ण बिक, २१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसानलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो। 

घटनालगत्तै फरार विकास र प्रेम गाउँबाटै पक्राउ परेका हुन्। भागेर बागलुङको बुर्तीवाङ जाँदै गरेका कृष्णलाई मालिका गाउँपालिका–२ रुमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीले बताए। 

‘उनीहरुविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत म्याग्दीबाट अनुसन्धानका लागि हिरासतमा राख्न तीन दिनको म्याद थप गरेका छौँ,’ मरासिनीले भने, ‘प्रारम्भिक बयानका क्रममा अपराध स्विकार गरेका छन्।’

जेठ ६ गते राती १२ बजे घर नजिकैको शौचालय गएर फर्कँदै गरेकी किशोरीलाई नजिकैको बारीमा लगेर बलात्कार गरेका थिए। चिच्याउन र हारगुहार गर्न नपाउने गरी मुख थुनेर पालैपालो करणी गरेको पीडितकी आमाले दिएको जाहेरीमा उल्लेख छ। 

उनीहरुले मंगलबार बिहान सिंगा तातोपानी प्रहरी चौकी मार्फत उजुरी गरेका थिए। पीडित बालिका तीन घण्टा बेहोस भएकी थिइन्। उनको अवस्था अझै विक्षिप्त छ। किशोरीको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

किशोरी र उनकी आमालाई प्रहरी कार्यालयमा रहेको आपतकालीन सहायता केन्द्रले आश्रय दिएको छ। आरोपितहरुले प्रारम्भिक बयानका क्रममा अपराध स्विकार गरेका प्रनाउ मरासीनिले बताए। 

पीडितले विकास किसानलाई चिनेको बताएपछि विकासको बयानको आधारमा कृष्ण र प्रेम पक्राउ परेका हुन्। कृष्ण केही दिनअघि विदेशबाट घर आएका थिए। उनीहरु तीनै जनाले बेनपा ५ डडुवामा लागेको मेलामा मदिरा सेवन गरेका अनुसन्धानका क्रममा खुलेको छ। 

मेला सकिएपछि राती किशोरीको गाउँमा गएका थिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments