Incident Reports

शंकास्पद अवस्थामा महिला मृत फेला

2019-05-24

Province 1, Khotang, Barahapokhari, Ward 6

खोटाङ- खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन्।

जन्तेढुंगा गाउँपालिका–२ बोपुङ माईती घर भएकी राई बुधबार निभारोकोरुखमा झुण्डिएको अवस्थामा फेला परेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए।

मृतकको शरीमा निलडाम देखिएकाले राईको कुटपिटपछि हत्या गरिएको वा यातनाका कारण आत्महत्या गरेको आफन्तले बताएका छन्। मृतकको शव पोष्टमार्टमका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ल्याइएको छ।

शुक्रबार पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए। राईको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments