Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-13

Bagmati, Kathmandu, Tokha, Ward 9

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालक र भिमसेन थापा गाउँपालिका–३, नुवाकोट स्थायी घर भएका १९ वर्षीय विशाल खड्कालाई जेठ ७ गते टोखा नगरपालिका ९ गोङ्गबुमा रहेको सुर्योदय गेष्ट हाउसबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरू विरूद्ध वैशाख ३० गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा उजुरी दिएको थियो ।

उक्त उजुरीको आधारमा प्रहरीले आरोपितहरूलाई जेठ ७ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त दरवारमार्गका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।

गिरफ्तार गरिएका आरोपितहरूलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा फरार भएका बालकलाई भने प्रहरीले जेठ ८ गते पुनः तार्केश्वर नगरपालिका १० हिलेटोलबाट गिरफ्तार गरेको  प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा जेठ ७ गते गरिएको प्रहरीले जनायो ।


विमला पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments