Incident Reports

नेकपा-माओवादीद्वारा निर्वाचन सामाग्री कब्जा l

2013-10-29

Dharendra Dangi रोल्पा । ०७० कात्तिक १२ गते, संविधानसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रोल्पाबाट खटिएका मतदाता शिक्षा स्वयम्सेवकबाट नेकपा-माओवादीका कार्यकर्ताहरूले निर्वाचन सामाग्री कब्जा गरेका छन् । इरिवाङ गाविस-१ नाफेबाट निर्वाचन स्वयमसेवकहरूले गाउँमा मतदाता शिक्षाका लागि प्रयोग गर्दै आएका पोस्टरहरू नेकपा-माओवादीका कार्यकर्ताहरूले कात्तिक १२ गते दिउँसो कब्जा गरेका हुन् । गाउँमा निर्वाचनका लागि पुर्‍याइएका निर्वाचन सामाग्री नेकपा-माओवादी कार्यकर्ताहरूले कब्जामा लगेको र सामाग्री कब्जा गर्ने व्यक्तिको पहिचान भइसकेकाले पक्राउ गर्न घटनास्थलतर्फप्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए । निर्वाचन बहिष्कारको अभियानमा लागेका नेकपा-माओवादी रोल्पाले निर्वाचन प्रचारप्रसारमा रोक लगाउँदै कात्तिक १० गतेदेखि निषेधित जिल्ला घोषणा गरेको थियो । मतदाता शिक्षाका लागि स्वयम सेवकहरूबाट माओवादीले केही पोष्टर, हातेपुस्तिका कब्जामा लिएका हुन् । यसैगरी, ओत गाविसमा कात्तिक ११ गते दिउँसो मतदाता शिक्षाका लागि गाउँमा गएका स्वयंसेवकबाट नेकपा-माओवादीका कार्यकर्ताहरूले मतदाता शिक्षा सामग्रीहरू कब्जामा लगेका थिए । ओत गाविस-५ भिताबाङमा निर्वाचन सामाग्री कब्जामा लगिएका हुन् । निर्वाचन सामग्रीहरू कब्जामा लगेको आरोपमा २ जना नेकपा-माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । निर्वाचन सामाग्री लुटेको भन्दै इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट गएको प्रहरीले नेकपा-माओवादीका ओत गाविस इन्चार्ज हरिप्रसाद घर्ती र सचिब लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको थियो । कब्जामा लिएको सामग्रीहरू फिर्ता गर्ने सहमतिपछि सोहीदिन राती प्रहरीले नेकपा-माओवादी कार्यकर्ताहरूलाई रिहा गरेको जनाएको छ । सहमति अनुसार सामाग्री फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले बताए । नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासले निर्वाचन सामग्री कब्जामा लगेको बताए । निर्वाचन शिक्षा प्रदान गर्नका लागि घर्तीगाँउ गाविसबाट एक बोरा निर्वाचन सामाग्रीसहित ओत भिताबाङ पुगेका रमेश वली र टेकबहादुर डाँगीबाट नेकपा-माओवादीका कार्यकर्ताले कब्जा गरेका थिए । नेकपा-माओवादीका कार्यकर्ताहरूले गाविसमा निर्बाचन सम्बन्धी कुनै पनि प्रचारप्रसार गर्न नपाइने भन्दै सामान नियन्त्रणमा लगेको थियो । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis