Incident Reports

भक्तपुरसहित देशका विभिन्न स्थानमा बम फेला

2019-05-27

Bagmati, Bhaktapur, Bhaktapur

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् ।

भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।

अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments