Incident Reports

रौतहटको चन्द्रपुरमा बम फेला

2019-05-27

Madhes, Rautahat, Chandrapur

पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै बम फेला परेको छ । चन्द्रपुर मुख्य चौकीभन्दा झण्डै एकसय मिटर पूर्व राजमार्गमा चाउचाउको कार्टुनमा प्रेशरकुकर बम भेटिएको हो । भने बन्दको प्रभावले बिहानै दखि यातायात पूर्णरुपमा प्रभावित भएको छ ।बिहान ५ बजे शंकास्पद बस्तुु रहेको खबर पाएपछी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले बम डिस्पोज गर्ने तयारीमा गरिरहेको छ ।  जिल्ला प्रहरी कार्यालय कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीका अनुसार बम भेटिएपछि यातायात प्रभावित भएको हो । बन्दको कारण पुर्वपश्चिम राजमार्ग तथा गौर चन्द्रपुर सडकखण्डमा पनि यातायात न्युन चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख बिजय श्रेष्ठले जानकारी दिएका छन् ।हिजो साँझ काठमाण्डौँका बिभिन्न ठाँउमा बम बिष्फोटको घटना पछी  रौतहटमा पनि सुरक्षा ब्यवस्था कडा बनाईएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments