Incident Reports

अर्घाखाँचीमा बम निष्कृय, स्थानीय त्रसित

2019-05-27

अर्घाखाचीको  वाइखोला किनारमा रहेका वमलाई नेपाली सेनाकाे डिस्पोजल टोलीले निष्कृय गरेको हो।रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताइएको छ।

विप्लव नेतृत्वको नेकपा माओवादीले सोमवार नेपाल बन्दको आह्वान गरेको हुन्। विप्लव समूहले आह्वान गरेको बन्द सफल पार्न विभिन्न स्थानमा शंकास्पद बस्तु राखेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाचीले जनाएको छ। सदरमुकाम सन्धिखर्ककै दुई स्थानमा वम फेला परेपछि स्थानीय त्रसित भएका छन्।

बन्दका कारण जिल्लाका सम्पूर्ण बजारहरु पूर्ण रुपमा वन्द रहेका छन । जिल्लाको सदरमुकामवाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारीका साधनहरु चलेका छैनन भने निजी सवारीका साधनहरु पनि ठप्प रहेका छन । उद्योग, कलकारखाना,शैक्षिक सस्थाहरु पनि बन्द रहेका छन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments