Incident Reports

शंकास्पद वस्तु फेला

2019-05-27

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 3

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद सोमबार बिहानै वस्तु फेला परेको छ। दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा  उक्त शंकास्पद बस्तु भेट्टिएको हो ।

प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरु रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ  ।

उक्त शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको  छ। उक्त शंकास्पद वस्तु डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए । नेत्रविक्रम चन्द विप्लव समूहको आज नेपाल बन्द  रहेकोले चन्द समूहले उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments