Incident Reports

काभ्रेको तिनपिप्लेमा बम विस्फोट

2019-05-27

Bagmati, Kabhrepalanchok, Panchkhal, Ward 6

काभ्रेपलाञ्चोक – सोमबार बिहान काभ्रेको दुई स्थानमा बम विस्फोट भएको छ ।

 बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँ र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट भएको हो ।

धनेश्वरमा फोहोरको थुप्रोमा बम विस्फोट भएकाले कुनै क्षति पुगेको छैन भने तिनपिप्लेमा भएको विस्फोटमा अरनिको राजमार्ग सडकमा थोरै क्षति पुगेको छ । बम विस्फोटबारे प्रहरीले भने केही जानकारी दिएको छैन ।

विप्लव नेकपा कार्यकर्ताले आइतबार साँझ बनेपामा मसाल जुलुस समेत निकालेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments