Incident Reports

सिन्धुलीमा शंकास्पद वस्तु

2019-05-27

Bagmati, Sindhuli, Dudhouli

 सिन्धुलीको दुधौली नगरपालिका स्थित खोरभञ्याङमा फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ। निमार्णाधिन मदन भण्डारी राजमार्गको सिन्धुली दुधौलीस्थित पुर्वीखण्डमा खोरभन्ञ्याङमा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु सकेट बम जस्तो देखिने नक्कली ‘होक्स’ भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

दुईवटा सकेट बमजस्ता देखिने शंकास्पद वस्तुमा रातो कालो तार जोडिएको र बन्द सफल पारौं जस्ता लेखिएका पर्चा पनि भेटिएपछि प्रहरीले बम भएको आशंका गरेको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुको डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको सिंहले जनाकारी दिए। शंकास्पद वस्तु भेटिएपछि मदन भण्डारी राजमार्ग अवरूद्ध भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments