Incident Reports

अज्ञात पक्षको धारिलो हतियार प्रहारबाट एक जना घाइते

2019-05-26

Province 1, Sunsari, Dharan, Ward 14

अज्ञात पक्षले जेठ १२ गते राति धारिलो हतियार प्रहार गर्दा धरान उपमहानगरपालिका-१४ का २१ वर्षीय राजन थापा मगर घाइते भएका छन् ।

घाइते मगरको उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा भइरहेको छ । अज्ञात पक्षको हतियार प्रहारबाट मगरको टाउकोमा चोट लागेको धरान उपमहानगरपालिका-१४ की वडा सदस्य शोभा पुलामीले बताइन् ।

आक्रमण कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान थालिएको र घटनामा संलग्नहरूको खोजी थालिएको एसपी राजन अधिकारीले बताए ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , Local Newspaper - Morang

0 Comments

Related Reports