Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-26

Lumbini, Nawalparasi West, Pratappur, Ward 2

१७ वर्षीया बालिकालाई रोजगारीको प्रलोभन देखाइ बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका-२ का २३ वर्षीय उत्तमकुमार हरिजनलाई जेठ १२ गिरफ्तार गरेको छ ।

आरोपितले ०७५ माघ २५ गतेदेखि ०७६ जेठ १२ गतेसम्म बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितलाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार र बलात्कार मुद्दा लगाइएको डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments