Incident Reports

बेचबिखन घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2019-05-28

Madhes, Mahottari, Loharpatti, Ward 2

१७ वर्षीया बालिकालाई प्रेमजालमा फसाएर विवाह गरी भारतको कोठीमा लगेर बेचेको आरोपमा लोहरपट्टी नपा–२ का २१ वर्षीय मोहम्मद रबानी कवारीविरुद्ध पीडितले जेठ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

पीडित बालिकासँग चार महिनाअघि आरोपित कवारीले प्रेमविवाह गरेर भारत लगेका थिए । ती युवती भारत विहार प्रान्तको मुज्जफरपुरस्थित कोठीमा बेचिएकी थिइन् । उनी त्यहाँबाट भागेर नेपाल फर्किएपछि घटना बाहिर आएको हो ।

बिरामी अवस्थामा नेपाल फर्किएकी युवतीको जनकपुर अञ्चल अस्पतालमा उपचार भएको थियो । उनी एक साता उपचार गराएर घर फर्किएकी छन् ।

‘पहिला प्रेम जालमा फसाए । त्यसपछि विवाहको नाटक गरी मलाई छलेर भारत विहारको मुजफरपुरस्थित एक कोठीमा पु¥याए । मलाई त्यहाँ पुर्‍याएर यौन कार्यमा लगाए । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगादिन्थे, चिच्याउँदा कुट्थे । मुखमा कपडा कोचिदिन्थ्यो र यौन धन्दामा लगाउँथे ।’–पीडितले भनिन् ।

चरम यातना र यौन शोषणमा परेर सिकिस्त भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आइपुगेकी थिइन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले बताए । प्रहरीमा उजुरी दर्ता गराएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा गरिएको छ ।


अजयकुमार साह

0 Comments