Incident Reports

नेकपा-माओवादी नेता गिरफ्तार l

2013-10-27

Dev Raj Gurung ताप्लेजुङ । ०७० कात्तिक ११ गते, ताप्लेजुङ क्षेत्र नं १ का एकिकृत नेकपा माओवादी उमेदवार सञ्चपाल मादेन माथि नेकपा-माओवादीबाट आक्रमण भएपछि नेकपा-माओवादीका जिल्ला नेता भरत (सुरेन्द्र) कार्कीलाई कात्तिक १० गते सदरमुकाम फुङलिङबाट गिरफ्तार गरेको छ । चुनाव बहिस्कार अभियानमा लागेको आरोपमा कार्कीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । अर्का नेता राकेश दाहाललाई सोधपुछ गरि छाडिएको इन्स्पेक्टर कृष्णदेव चौधरीले वताए । चुनाव प्रचारमा मेहेले गाविस पुगेको एमाओवादीका उम्मेदवार मादेन सहितका कार्यकर्ता माथि नेकपा माओवादीका जिल्ला ईञ्चार्ज सन्तोष पतंवा सुमन र सहसचिव पर्शुराम पौडेल सहितको टोलीले सांघातिक आक्रमण गरी नगद तीन लाख र पन्ध्र सेट मोवाईल लुटेको एमाओवादीले किटानी विज्ञप्ति जारी गरेपछि प्रहरीले उनीहरूलाई लक्षित गरी खोजी कार्य तिव्र बनाएको छ । सुरक्षा स्रोतका अनुसार सशस्त्र र नेपाल प्रहरीका इन्स्पेक्टरको कप्तानीमा दुई दर्जन बढी सुरक्षा टोली आक्रमणकारी टोलीको खोजीका लागि परिचालन गरिएको छ । देवराज गुरुङ

0 Comments

Related Reports