Incident Reports

बन्द गराउँदै हिडेका विप्लवका जिल्ला सदस्य पक्राउ

2019-05-27

Karnali, Rukum West, Aathbiskot, Ward 4

रुकुम– जबरजस्ती बजार बन्द गराउँदै हिडेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य पक्राउ परेका छन्। रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिका ४ मा पर्ने छेडागाड बजार बन्द गराउँदै हिडेका जिल्ला सदस्य गोपीराम विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

रुकुम–डोल्पा सडक खण्डमा पर्ने उक्त बजारका व्यापारीलाई धम्काउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय आठबीसकोट राखिएको बताइएको छ। जिल्लाका अन्य ठाउँमा भने बन्दको पूर्ण प्रभाव परेको छ। विप्लव नेकपाले आह्वान गरेको बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका यातायात साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था, बजार, उद्योग धन्दा पूर्णरुपमा बन्द भएका छन्। व्यापारी तथा सर्वसाधारणलाई आवश्यक सुरक्षा दिनको लागि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख क्षत्रीको भनाई छ।

‘हामीले ठाउँ ठाउँमा बाक्लो मात्रामा आवश्यक सुरक्षाकर्मी परिचालन गरेका छौं’ उनले भने, ‘कुनै पनि नागरिकलाई असुरक्षाको महसुस हुन दिदैनौं कुनै समस्या परेमा प्रहरीलाई सिधै खबर गर्न पनि आग्रह गरेका छौं।’ सदरमुकाम खलंगामा बजार तथा यातायात बन्द गराउनको लागि नेकपाका कार्यकर्ता भने देखिएका छैनन्। नेकपाका कार्यकर्ता नभएपनि यहाँ पूर्ण रुपमा बन्दको प्रभाव परेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments