Incident Reports

प्रहरीमाथि विप्लव समूहको आक्रमण प्रयास, भीरबाट ढुंगा खसाले

2019-05-27

कालिकोट : कालिकोटमा विप्लव समूहले प्रहरीमाथि आक्रमण प्रयास गरेका छन्। कर्णाली राजमार्गको कालेखोलामा विप्लव समूहका कार्यकर्ताले मोटरसाइकल जलाएको घटनास्थलबाट फर्किएको प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्ल नेतृत्वको प्रहरी टोलीसँग विप्लव समूहका कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन्। 

 जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी इन्सपेक्टर मल्ले आफूहरुलाई नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेको बताए। उनले आफूहरु मोटरसाइकल जलाइएको घटनास्थलबाट जिल्ला सदरमुकाम फर्किँदै गर्दा गगने खोलाको पहिरोमा नेकपाका कार्यकर्ताले लगातार ढुंगा खसालेर आक्रमणको प्रयास गरेको बताए। उनले भने, 'हाम्रो गाडी पहिरोको छेउमा आउने बित्तिकै माथि भीरबाट २० देखि २५ जनासम्मको विप्लव समूहका नेता तथा कार्यकर्ताले ढुंगा फाले। गाडी ब्याग नगरेको भए गाडीसहित आफूहरु पनि बच्ने संभावना निकै कम थियो। धन्नले जोगियो। एक छिनपछि ढुंगा पन्छाएर पहिरो पार गरेर आइयो। '

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले दलाल सरकारका एजेण्ट भएर गाडीमा आएका प्रहरीलाई ढुंगामुडा गरिएको बताए। उनले भने,' हाम्रो बन्दको अवज्ञा गर्नेहरुका मोटरसाइकल जलाउँदा प्रहरीको गाडी आयो। प्रहरीले हाम्रो बन्दलाई अवज्ञा गर्‍यो। देशभर नेताहरुलाई धरपकट गर्ने, गिरफतार गर्ने, हुँदा हुँदा प्रहरीले नेकपाका कार्यकर्ताको ज्यानै लिएपछि हामीले प्रहरीमाथि पनि ढुंगामुडा गरेका हौँ।'

यता जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्ला सदरमुकाम आसपासका बजार तथा कर्णाली राजमार्गमा प्रहरी परीचालन गरेको जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments