Incident Reports

विप्लव कार्यकर्ताको कुटपिटबाट एक दम्पती गम्भीर घाइते

2019-05-28

Bagmati, Sindhuli, Hariharpurgadhi

सिन्धुली : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको कुटाइबाट सिन्धुलीमा एक दम्पती सख्त घाइते भएका छन्। १५ जना बढीको सहमूहमा आएका विप्लव कार्यकर्ताको कुटपीटबाट हरिहरपुरगढी गाउँपालिका-७ क्यानखोला निवासी ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनको ३० वर्षीय श्रीमती गांगा सापकोटा गम्भीर घाइते भएका हुन्। 

उनीहरुलाई विप्लवको बन्दका दिन सोमबार साँझ हरिहरपुरगढी गाउँपालिकाको कार्यालय झनझनेबाट योजनाको काम सकेर घर फर्कदै गर्दा- २ को जखौली चुरेमा मार्ने उद्देश्यले कुटपिट भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो। घिमिरे दम्पती गत मंसिर २० गते विप्लव समूह छाडेर नेकपामा प्रवेश गरेका थिए।

उनले विप्लव समूहको जनकपुर व्यूरो सदस्य, सिन्धुली जिल्लाको सेक्रेटरीबाट महोत्तरी सरुवा भई केही समय काम गरेपनि विप्लवका हिंसात्मक गतिविधि मन नपरेपछि उक्त पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए।

कुटपीटबाट घिमिरेको देव्रेहात र सापकोटाको दाइने हात भाँचिका छन् भने शरीरभरी गम्भीर चोट लागेको छ।घटनाबारे गाउँपालिकाका अध्यक्ष कार्साङ लामाबाट जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट गएको   प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

'गाउँपालिकाबाट मोटर साइकलमा घर फर्कदै गरेका घिमिरे दम्पतीलाई चुरे जंगलमा मोटरसाइकल रोकी कुटपिट गरी चुरेबाट ढुंगा लडाएर मार्ने प्रयास गरेको पाइएको छ,' घाइतेलाई उदृध गर्दै थापाले भने।

विप्लव कार्यकर्ताले कुट्न थालेपछि उनीहरु भागेका थिए।तर, विप्लवका कार्यकर्ताले लखेट्दै गएर कुटपिट गरेपछि उनीहरुलाई गम्भीर घाइते अवस्थामा स्थानीयले बचाउन सफल भएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे विस्तृत खुल्न सकेको छैन्। घट्नामा संलग्नलाई मकावनपुर र सिन्धुलीका सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर अप्रेसन थालिएको पनि थापाले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments