Incident Reports

बन्दमा विद्यालय खोल्न ‘प्रेसर दिएको’ आरोपमा दुई युवा कुटिए

2019-05-27

Karnali, Jajarkot, Bheri, Ward 7

जाजरकोट भेरी नपा–७ मा बन्दको दिन विद्यालय खोल्न विद्यालय प्रशासनलाई ‘प्रेसर दिएको’ भन्दै स्थानीय ३१ वर्षीय बुद्घि शाही र २९ वर्षीय नरेश शाहीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् ।

आफ्नो पार्टीले आह्वान गरेको बन्दलाई अटेर गर्दै सरस्वती माध्यामिक विद्यालय सञ्चालन गर्नका लागि विद्यालयलाई प्रेसर दिएको आरोप लगाई सो पार्टीका कार्यकर्ता खड्क सिंहको नेतृत्वमा घरेलु हतियार सहित आएको टोलीले जेठ १३ गते बेलुका पीडितद्वयलाई कुटपिट गरेको पीडित बुद्घि शाहीले बताए ।

सिंहको नेतृत्वमा १२ जना भन्दा बढीको सङ्ख्यामा आएको सो समूहले एक्कासी कुटपिट गर्दा नरेश शाही घाइते भएका छन् । बुद्घि शाही सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले बताए ।

घटनापछि पीडितद्वयले घटनाका दोषीलाई कारवाही तथा आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जेठ १३ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा उजुरी दिएको डिएसपी खत्रीले जानकारी दिए ।

कुटपिट भएको जानकारी पाए लगत्तै जगतिपुर प्रहरी चौकी र जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पठाएको भए पनि टोली पुग्ने बेलासम्म कुटपिटमा संलग्न आरोपितहरू भागेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

घटनामा परी घाइते दुवैको स्थानीय मेडिकलमा उपचारपछि सदरमुकामस्थित अस्पतालमा उपचारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।


दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
INSEC

0 Comments