Incident Reports

छोरी हत्या गरेको अभियोगमा आमा गिरफ्तार

2019-05-28

Karnali, Salyan, Chhatreshwori

सात महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले छोरी जानकीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई गिरफ्तार गरेको हो ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।


मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Police website

0 Comments