Incident Reports

जनकपुरधामउपमहानगर पालिकामा कार्यरत सफाईकर्मीहरु फेरी आन्दोलनमा

2019-05-12

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम । तलवको माग गर्दै जनकपुरधाम उपमहानगर पालिकामा कार्यरत सफाईकर्मीहरु फेरीपनि आन्दोलनमा उत्रीएका छन्। यसअघि पनि उनीहरुले गत चैत १२ गते तलवको माँग गर्दै धर्ना लगायतका कार्यक्रम गरेका थिए । सफाईकर्मीहरुले तलवको माग गर्दै उपमहानगरपालिका कार्यालय गेट अगाडि आईतवार धर्नामा बसे। उनीहरुले आपूहरुले चार महिनादेखि तलव नपाएकोले गुजारा गर्नमा समस्या भएको औल्याए । उनीहरुले भने सफाइकर्मचारीको तलवले केही कर्मचारी तथा प्रतिनिधील मोजमस्ती गरीरहेका छन् । तर आपुहरु तलव नपाएर छटपटाउनु परेको अवस्था छ ।जबसम्म उपमहानगरपालिकाले | तलव र स्थायी गर्दैन आफूहरुकाममा नफर्किने पनि उनीहरुले बताए । बिहान ११ बजे जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहले आईतवार विहान ६ बजेदेखि धर्नामा बसेका सफाईकर्मीहरुलाई जेठ मसान्त भित्रमा तलव दिने प्रतिबद्धता जनाएका थिए । तरपनि उनीहरुले धर्ना कार्यक्रम जारीनै राखेका थिए ।

सफाईकर्मीहरुका अगुवा कुशेश्वर मेस्तरले उपमहानगरपालिकाले विगतमा पनि यसरी नै आश्वासन दिएर ठग्दै आएकोले विश्वासको कुनै आधार नरहेकोले धर्ना कार्यक्रम जारी राख्ने बताएका छन् । उनले जनकपुरधाममा सोमवार ठूलो महोत्सवको रुपमा 'जानकी नवमी' महोत्सव रहेकोले त्यसलाई मध्यनजर गरी साँझमा सफाई गरेर फेरि सोमबार विहानदेखि धर्ना कार्यक्रम जारी राख्ने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis