Incident Reports

दाङमा भेटियो हतियारको ‘कारखाना’

2019-02-04

Madhes, Rautahat, Rajpur, Ward 7

प्रदेश ५ प्रहरी कार्यालय दाङले अवैध रुपमा सञ्चालित हतियार कारखाना फेला पारेको छ । प्रहरीले नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट शनिबार राती ठूलो परिमाणमा हातहतियार फेला पारेको हो ।

भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले छापा मार्दा हतियार बनाउने कारखानमा फेला परेको प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रहरीले अवैध हतियारको ‘कारखाना’ चलाउने ५९ वर्षिय जीतबहादुर बुढा र ३८ वर्षिय रुद्रमणि घर्तीलाई समेत नियन्त्रणमा लिएको छ । राजपुर गाउँपालिका वडा नं. ७ मा भौवा नाका अवस्थित छ । यही नाकाबाट हातहतियार नेपालमा भित्रने गरेको, चोरी शिकारी बढेको तथा गुन्डागर्दी गर्नेदेखि विप्लवका कार्यकर्ताले पनि हातहतियार यही नाकाबाट ओसार प्रसार गर्दै आएको प्रहरीको दाबी छ ।

प्रदेश प्रहरीका अनुसार, प्रहरीले एकै स्थानबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि ठूलो सो तथ्य सही भएको जिकिर गरे ।

Local Newspaper - Rupandehi

0 Comments