Incident Reports

तरुण दल बेसीशहरका अध्यक्षद्वारा प्रशासनचोकमा एमाले कार्यकर्तामाथि आक्रमण

2013-11-21

लमजुङ । ०७० मङ्सिर ६ गते सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तरुण दल वबसीशहरका अध्यक्ष खुसीजंग गुरुङले मङ्सिर ५ गते एमाले कार्यकर्तालाई प्रशासन चोकमा आक्रमण गरेको छ । मोटरसाईकलमा रहेका तरुण दल वेसीशहरका अध्यक्ष गुरुङ र साथमा रहेका विशाल अधिकारीले एमाले कार्यकर्ता दूतराज गुरुङ शंकरको ठाउकोमा पेस्तोल प्रहार गरेको हो । पेस्तोलबाट गोली नचलाई पेस्तोलले टाउकोमा हिर्काउँदा गम्भीर घाईते बनेका ३० वर्षीय शंकरको अहिले सदरमुकाम वेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । मतगणना स्थल नजिकै जिल्ला विकास समितिको गेटमा होहल्ला बढी भएपछि यातायातका साधनलाई जान नदिन र सुरक्षाको लागि खटिएका प्रहरी सामु नै धारिलो हतियारसमेत लिएका ती दुई युवाले भूलभूले गाविसको उस्ता घर भएका शंकरलाई पेस्तोलले हिर्काएको हो । प्रशासन चोकमा आफ्ना साथीहरूसँग बसिरहेको बेला अहिले साँझ आफूमाथि पेस्तोल प्रहार भएको पीडित शंकरले बताए । मोटरसाईकलमा रहेका खुसी गुरुङ र विशाल अधिकारी भने फरार रहेको प्रहरीले जनाएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports