Incident Reports

युवतीको शव फेला, बलात्कारपछि हत्या गरिएको प्रहरीको आशङ्का

2019-05-28

Lumbini, Kapilbastu, Maharajgunj, Ward 7

१८ वर्षीया युवतीको महाराजगञ्ज नपा–७ सतभरा गाउँ नजिकै जेठ १४ शव फेला परेको छ । युवतीको बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय कृष्णनगरमा खबर गरेका थिए । मृतकको शरीरभरी चोट रहेको, कपडा फुकालिएको र युवतीकै सुरुवालले घाँटीमा कसेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

मधेसी मूलकी जस्ती देखिने युवतीको सनाखत नभएको इन्स्पेक्टर सूर्य बोगटीले बताए । “घटनाको प्रारम्भिक नतिजा अनुसार युवतीलाई बलात्कार गरी हत्या गरिएको हुन सक्छ ।” बोगटीले भने ।

बोगटीका अनुसार घटनास्थलमा युवतीले प्रतिकार गरेको जस्तो देखिएको हुँदा सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान छ ।

घटनास्थल नेपाल–भारत सीमानादेखि १ सय मिटर मात्र नजिक भएको हुँदा मृतक भारतीय पनि हुनसक्ने अनुमानमा भारतीय प्रहरीसँग समेत सहकार्य गरी शवको पहिचानको पहल भइहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।


नन्दराम पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments