Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-12

Province 1, Jhapa, Kankai, Ward 4

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, रोङ गाउँपालिका–३ स्थायी घर भई कन्काई नगरपालिका–४ स्थित कोटीहोममा बस्दै आएका ४४ वर्षीय छत्रबहादुर गुरूङलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्घ जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा जेठ १३ गते गरिएको छ ।


नरेश खाती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments